Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता

२०७५ फाल्गुन २८ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानले हस्ताक्षर गरे ।

उक्त सम्झौता पछि लुम्बिनी जनरल इन्स्योरेन्सले जारी गर्ने विभिन्न निर्जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ ।