 बैंकिङ खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो १८ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । लघुवित्तका तथा कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम पाठकको अध्यक्षता तथा अर्थमन्त्री डा. यूवराज खतिवडाको प्रमुख आतिथ्यतामा मा सम्पन्न कार्यक्रममा नेपालका लागि इज्रायली राजदुत बेनी उमर, कृषि विकास बैंकका अध्यक्ष, नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेल, राष्ट्रिय सरकारी महासंघका अध्यक्ष केशव बडाल लगायतको उपस्थिति रहेको थियो ।
बैंकिङ खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो १८ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । लघुवित्तका तथा कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम पाठकको अध्यक्षता तथा अर्थमन्त्री डा. यूवराज खतिवडाको प्रमुख आतिथ्यतामा मा सम्पन्न कार्यक्रममा नेपालका लागि इज्रायली राजदुत बेनी उमर, कृषि विकास बैंकका अध्यक्ष, नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेल, राष्ट्रिय सरकारी महासंघका अध्यक्ष केशव बडाल लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा पुर्व प्रमुख कार्यकारी अधिकृत जलन कुमार शर्मालाई लघुवित्तको विकासमा पुर्याएको योगदान स्वरुप सम्मान गरेको लघुवित्तले देशभरबाट उत्कृट काम गरेको एक साना किसान सहकारीलाई सम्मान पनि सम्मान गरेको थियो । २०५८ सालमा राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा संचालन अनुमति पाएको लघुवित्तले नेपालको ६९ जिल्लाका करिब ९०० वटा साना किसान सहकारी मार्फत ८ लाख भन्दा बढी सदस्यहरुलाई सेवा प्रदान गरेको छ ।
साझेदार सहकारी र लघुवित्तले गरि ४६ अर्ब भन्दा बढी लगानी गरेकोमा १७ अर्ब रुपैयाँ साना किसान विकास लघवित्तको र २९ अर्ब रुपैयाँ साझेदार सहकारीको लगानी रहेको कार्यक्रममा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ । हालसम्म २७ सय जना साना किसानका छोराछोरीलाइ कृषिको प्राविधिक ज्ञानको लागि इज्रायल पठाएको लघुवित्तले जनाएको छ ।
कार्यक्रलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री डा.यूवराज खतिवडा सहकारीको विकासका लागि सहकारी क्षेत्रको बाधा हटाउन सरकार तयार रहेको बताएका छन् । सिमान्तकृत देखि सहरी क्षेत्रसम्म काम गर्ने सहकारीहरुको विकासको लागि सरकारले सहयोग गर्ने उनले बताए । उनले लघुवित्तलाई जिल्लामा उपस्थित भएर मात्र यति वटा जिल्ला कभर गर्यो नभनि जिल्लाका सम्पुर्ण स्थानीय तहमा पुगोपछि मात्र यति वटा जिल्ला कभर गर्यौ भन्न आग्रह गरे । ८ लाख सदस्य रहेको साना किसान सहकारीहरुबाट आधा सदस्यले पनि कर्जा नलिएको भन्दै सदस्य बनाउने मात्र नभई सदस्यलाई ब्यवसायमा जोड्न सक्नुपर्ने बताए । अहिले लघुवित्त क्षेत्रमा ब्याजदरको विषयमा नकामरात्म सन्देश गएको भन्दै त्यस्तो सन्देशलाई आफुले बढी शुल्ल नलिएको भनि सदश्यलाई विश्वास दिलाउन उनले आग्रह गरे । लघुवित्तहरलाई कर्जा लगानी गर्न तथा सदस्या बनाउन मात्र ध्यान नदिएर आफ्ना सदस्याहरु कति सफल भए भनेर अनुसन्धान पन गर्र्न सुझाव दिए । आप्ना सदस्हरु माध्य केहि प्रतिशत सदस्यहरुको अनुसन्धा गरि त्यसो रिपोर्ट आपुलाई बुझउान आग्रह गर्दै उनले भने उक्त रिपोर्टले गरिवी निवारणको लागि महत्वपुर्ण भुमीका खेलेको देखाएमा गरिवि निवारण कोष लगायत यस्ता अन्य क्षेत्रको रकम पनि साना किसान विकास लघुवित्त लगायतका लघुवित्तहरु मार्फत परिचालन गर्न सकिने उनले बताए ।
उनले साना किसान सहकारीहरुलाई पनि नाम साना किसान भए पनि सानो काम मात्र नगरेर उत्पादनका ठुला क्षेत्रमा पनि काम गर्न आग्रह गरे । उनले सरकारले केहि ठुला लघुवित्तहरुलाई मिलाएर विकास बैंकहरुमा रुपान्तरण गर्ने योजना बनाइरहेको बताए । लघुवित्तहरुलाई स्रोत ब्यवस्थापनको लागि विदेशी दातृ निकायसँग छलफल भइरहेको र केहि निकायबाट सहयोग ल्याउन प्रक्रिया अन्तिम चरमा पुगेको खतिवडाले बताए ।
नेपालका लागि इज्रायली राजदुत बेन उमरले साना किसान सहकारीको माध्यमबाट गरिवी निवारणमा महत्वपुर्ण भुमीका खेलेकोमा खुशि लागेको बतउँदै नेपालको कृषि विकासमा इज्रायलले सदैव सहयोग गर्ने बताए । इज्रायलले २७०० कृषकलाई कृषि प्रविधिको तालिम प्रदान गरिसकेका र अबको वर्षमा ५४० जना कृषकलाई तालिमको लागि इजायल लाने तयारी भएको उनले बताए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी क्षेत्रको समस्या समाधानको लागि सहकारी ऐन संशोधन हुनु राम्रो भएको भन्दै संशोधनको प्रक्रियामा रहेको संशोधन मस्योदा मा सुझावको लागि राष्ट्रिय सहकारी महासंघमा चाँडै पठाउन आग्रह गरे । उनले कृषि क्षेत्रको विकास १ प्रतिशत भए मात्र अन्य क्षेत्रको विकास १ दशमलव ५ प्रतिशत हुने उल्लेख गर्दै कषि क्षेत्रको विका नभई मुलुकको विकास हुन नसक्ने बताए । मियाहरुलले पनि सहकारी क्षेत्रको समाचार कम लेख्ने गरेको यदि समाचार लेखे पनि सहकारीमा सानो समस्या आउँदा त्यसलाई बढाएर ठुलो इस्यू बनाउने गरेको भन्दै समाचार लेख्दा वास्तविकता बुझ्न आग्रह गरे ।
लघुवित्तका पुर्व प्रमुख कार्यकारी अधिकृत जलन कुमार शर्माले लघुवित्तले आफ्नो, उदेश्य पुरा गर्दै अगाडी बढेको बतउँदै आगामी दिनमा अझै सफलताको शुभकामना दिए । लघुवित्तका अध्यक्ष खेम पाठकले सहकारीको माध्यमबाट गरिवी निवारण गर्ने लघुवित्तको उदेश्यमा साथ दिने सम्पुर्णलाई धन्यवाद दिए ।
लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवराम प्रसाद कोइरालाले हाल लघुवित्तमा ६९१ सहकारी संस्था आवद्ध भई काम गरिरहेको र २२९ वटा रहकारी संस्था प्रक्रियामा रहेको बताए । संस्थाको सेवा लिनेमा ११ प्रतिशत दलित ४३ प्रतिशत जनजाति ४६ प्रतिशत अन्य रहेको बताए । जसमा महिलाको संख्या ७७ प्रतिशत रहेको उनको भनाइ छ ।
चालु आर्थिक बर्षको पुष मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २३ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । पुँजीमा ४४ प्रतिशत हिस्सा साना कृषकहरुको रहेको लघुवित्तको २०७५ पुष मसान्तमा कुल सम्पत्ती २० अर्ब रुपैयाँ पुगेको छ । उक्त अवधि सम्ममा लघुवित्तले ७५ अर्ब ३ करोड लगानी गरि ५७ अर्ब ६५ करोड असुली गरेको छ भने लगानीमा रहेको ऋण १७ अर्ब ३८ करोड रहेको छ ।
 
       
        
 
 
 
 
 
  
 
  
 
 