Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विशिष्टिकृत लगानी कोष नियमावलीले बैदेशिक लगानी भित्र्याउन मद्दत गर्छ : धितोपत्र बोर्ड

२०७५ फाल्गुन २७ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले विशिष्टिकृत लगानी कोष नियमावली कार्यान्वयनमा ल्याएको छ । स्वदेशी तथा गैरआवासीय नेपाली लगायत वैदेशिक पूँजी समेत परिचालन गर्नेगरी नियमावली कार्यान्यनमा आएको बोर्डले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै नयाँ संस्थाहरुलाई पूँजी बजारमा प्रवेश गराउने सरकारी लक्ष्य अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्था बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता बैकल्पिक लगानी कोषलाई प्रोत्साहन गर्न “विशिष्टिकृत लगानी कोष नियमावली, २०७५” तयार गरिएको बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बोर्डले तयार गरेको नियमावली यहि फागुन २२ गते देखि कार्यान्वयनमा आएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार नियमावलीले बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसायका साथै प्रविधिमैत्री उद्यम व्यवसायलाई सञ्चालन गर्न र यस्ता व्यवसायहरु शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानी भित्र्याउन आकर्षित गरि लगानीको नयाँ अवसरहरु प्रदान गर्ने व्यवस्था गरेको छ ।

Ad