 बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लघुवित्त वित्तीय संस्थाहरुलाई विकास बैंकमा रुपान्तरण गर्ने तयारी गरिरहेको बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले राम्रो र उत्कृष्ट कार्यक्रम गरिरहेका लघुवित्तहरुलाई विकास बैंककाम रुपान्तरण गर्नेको लागि सम्भावनाहरुको खोजीको साथै पहल भइरहेको बताएका हुन् ।

बैंक तथा वित्तीय संस्था ऐनमा हुने संशोधनमा यो विषयलाई समावेश गर्न पहल भइरहेको उनले बताए । उक्त विषयले कहिले निचोड लिन्छ भन्ने एकिन नभए पनि लघुवित्तको संख्या धेरै रहेको र केहि लघुवित्तहरु कारोबार तथा सेवा सुविधाको हिसाबले ठुलो तथा उत्कृष्ट बनिसकेकोले त्यस्ता लघुवित्तहरुलाई विकास बैंकमा रुपान्तरण गरिने उनले बताए ।
उक्त विषय अहिले प्रारम्भिक चरणमा मात्र रहेको अर्थमन्त्रीको भनाई छ । हाल नेपालमा संचालन अनुमति प्राप्त गरेका लघुवित्हरु संख्या ९४ वटा रहेको तथा करिब दुई दर्जन लघुवित्त संस्थाहरु संचालन अनुमतिको पखाईमा रहेको राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउँछन् ।