Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शाइन रेसुङ्गा र पूर्णिमा विकास बैंक गाभिएर राष्ट्रिय स्तरको विकास बैंक बन्ने

२०७५ फाल्गुन २७ गते

बैंकिङ खबर । बुटवलमा केन्द्रिय कार्यालय रही बैंकिङ कारोबार गर्दै आएका शाइन रेसुङ्गा  डेभलोपमेन्ट बैंक र पूर्णिमा विकास बैँक एक आपसमा गाभिने भएका छन् । दुवै बैंकलाई मर्ज गर्ने विषयमा आइतबार बुटवलमा एक कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैँकका अध्यक्ष सुरज उप्रेतिले हस्ताक्षर गरेका छन् ।

शाइन रेसुङ्गा १० जिल्ला कार्यक्षेत्र भएको बैंक हो भने पूर्णीमा ३ जिल्ला कार्यक्षेत्र भएको बैंक हो । दुई बैंक मर्ज भएपछि राष्ट्रिय स्तरको विकास बैंक बन्ने छ । मर्जर पश्चात ‘शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंक लिमिटेड’ नाम रहने सहमती समेत भएको छ ।

अहिले शाइन रेसुङ्गाको १ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी छ भने पूर्णिमा विकास बैंकको ५५ करोड १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकका ४० शाखा छन् भने पूर्णिमा विकास बैंकका १२ वटा शाखा कार्यालय रहेका छन् ।

Ad