March 10th, 2019

बीमालेख नविकरण छुटेका सेवाग्रहीलाई गुँरास लाईफको विषेश अफर

बैंकिङ खबर । गुँरास लाईफ इन्स्योरेन्सले विभिन्न कारणबस समयमा प्रिमियम बुझाउन नसकेका ग्राहकहरुले बीमा लेख नविकरण गर्दा विषेश छुट दिने भएको छ । कारणबस बीमाशुल्क तिर्न नसकि बीमालेख नविकरण गर्न छुटेका सेवाग्राहीले यहि फागुन २७ गते देखि चैत २८ गते भित्रमा नविकरण गर्दा छुट पाउन सकिने इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सले उक्त मिति भित्रमा बीमालेख नविकरण गर्ने सेवाग्राहीलाई विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने बताएको छ । सन् २०१९ मा बीमालेख खरिद गरेका सेवाग्रहीले भने उक्त सेवा लीन पाउने छैनन् । इन्स्योरेन्सको देशभर रहेको क्षेत्रीय कार्यालय तथा शाखा कार्यालय र उप शाखा कार्यालयहरु मार्फत सो सेवा लिन सकिने छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]