बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विदेशबाट लगानी ल्याउँदा विनिमयदरमा हुने उतारचढावबाट हुने जोखिम न्यूनिकरणका लागि जारी गरेको हेजफण्डको नियमावली सार्वजनिक गरेको छ । हेजफण्डले विभिन्न ४ क्षेत्रमा आउने वैदेशिक लगानीले हेजफण्डमा सहभाविता हुने व्यवस्था गरेको छ ।
हेज फण्ड सबै बैदेशिक लगानीका लागि प्रयोग हुने फण्ड होइन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नियमावलिअनुसार विभिन ४ क्षेत्रमा आउने वैदेशिक लगानी हेजफण्डमा सहभागि हुन सक्छन् । हेजिङ सुविधा उपलब्ध हुने क्षेत्रहरु :
१. १०० मेगावाट वा सो भन्दा बढी क्षमताका जलविद्युत उत्पादन
२. २२० के.भि.ए. वा सो भन्दा बढी क्षमताका ३० किलोमिटर भन्दा लामो विद्युत प्रशारण लाइन निर्माण
३. दश किलोमिटरभन्दा लामो रेल, मेट्रो तथा मोनो रेलमार्ग निर्माण
४. ५० किलोमिटर भन्दा लामो द्रुतमार्ग निर्माण
सरकारले लगानी सम्मेलन अयोजना गर्दै गर्दा वैदेशिक लगानी आकर्षित गर्न र ठुलो परियोजनामा ठुलो रकम ल्याउँदा विनिमयदरमा हुने जोखिम न्यूनिकरण गर्न हेजफण्डको आवस्यकता ठानी नियमावलि ल्याएर कार्यान्वयन गरेको हो । तर तोकिएका क्षेत्र बाहेक अन्य क्षेत्रमा लगानी ल्याउँदा हेजिङ फण्डमा सहभागि हुन मन्त्रीपरिषद्ले तोक्नुपर्ने व्यवस्था गरेपछि भने अन्य क्षेत्रमा आउने लगानी, र सानो आकारमा आउने लगानीले भने सहभागिता जनाउन पाउने छैनन् । यसले गर्दा जसरी वैदेशिक लगानीका लागि हेजफण्ड प्रभावकारी हुने भनिएको छ त्यो नहुने भएको छ । यसमा बैंक तथा वित्तीय संस्थाले ल्याउने कर्जा समेत समावेस हुने छैन् ।