Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

राष्ट्रिय बीमा कम्पनीको बीमा सेवा ओम डेभलपमेन्ट बैंकबाट पाइने

२०७५ फाल्गुन २६ गते

बैंकिङ खबर । ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरे ।

सम्झौतामा बैंकले हालै मात्र बजारमा ल्याएकोे नयाँ बचत खाता “सुरक्षित जीवन वचत खाता“ खोल्ने ग्राहकहरुको रु सात लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ । त्यसैगरी उक्त दुर्घटना बीमा श्रम ऐन २०७४ ले तोके बमाजिमकोे रहने छ । जसअनुसार संस्थाले आफ्ना कर्मचारीहरुको खाता यस अन्तर्गत खोली कारोबार गरेमा ऐनले तोके बमोजिम दुर्घटनाको बीमा बैंकको तर्फबाट गरिदिने छ ।