March 10th, 2019

कामना सेवा विकास बैंक र नेशनल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर । कामना सेवा विकास बैंक र नेशनल लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे ।

सम्झौता पछि बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६८ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ ।

हालसम्म बैंकले ६८ वटा शाखा तथा २० वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]