महालक्ष्मी लाईफको ७ प्रदेशका ३५ जिल्लामा बीमा जागरण तथा अभिकर्ता तालिम सम्पन्न

बैंकिङ खबर । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कारोवार सञ्चालनको १ महिनाभित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गर्न सफल भएको छ । गत माघ २७ गतेबाट कारोवार सञ्चालन गरेको जीवन बीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ ।

कम्पनीले प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७को २ वटा जिल्लामा अभिकर्ता तालिम तथा बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ ।

जीवन बीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पुयाउन आवश्यक भएकोले पनि तालिम र जागरण अभियान सञ्चालन गरिएको कम्पनीले जनााएको छ ।

एक महिनाको यो कार्यक्रममा हाल सम्म ६ हजार ३ सय भन्दा बढी व्यक्तिmले सहभागिता जनाएका छन् । कम्पनीले चैत्र मसान्त सम्म अधिराज्यभरी अभिकर्ता तालिम र बीमा जागरण अभियानलाई निरन्तरता दिने र त्यस पछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालन गर्ने योजना बनाएको छ ।

कम्पनीले बीमा समितिबाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा तथा उपशाखाका साथै,उपत्यका भित्रको १० वटा शाखा आउँदो चैत्र मसान्तभित्र सञ्चालन गरिसक्ने तैयारी गरिरेहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *