Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्पर्श लघुवित्तको आइपिओ आजदेखि, १० कित्ता मात्र पनि आवेदन दिन सकिने

२०७५ फाल्गुन २६ गते

बैंकिङ खबर। स्पर्श लघुवित्तको सर्वसाधारणको लागि साधारण शेयर (आइपिओ) निष्काशन आजदेखि सुरु भएको छ । लघुवित्तले २ लाख ६९ हजार कित्ता साधारण शेयर निष्कासन गरेकोमा ४ हजार १४८ कित्ता कर्मचारी वितरण गरि बाँकी दुई लाख ५२ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

लघुवित्तले निष्कासन गरेको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम १३४० कित्तासम्मको लागि आवदेन दिन पाउने छन् । लघुवित्तले साधरण शेयर निष्कासनको लागि यसअघि नै धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटललाई नियूक्त गरिसेको थियो । लघुवित्तले पहिलो चरण्मा फागुन २९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा चैत २५ गतेसम्म निष्काशन गर्ने स्वीकृति पाएको विक्रि प्रबन्धक सानिमा क्यापीटलले जनाएको छ ।

सर्वसाधारणले लघुवित्तको साधारण शेयरमा नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्य प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै सि आश्वा प्रयोगकर्ताहरुले मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तले प्राथमिक शेयर निष्काशन गरे सँगै संस्थापक चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ र सर्वसाधारण तर्फको चुक्ता पूँजी दुई करोड ६९ लाख रुपैयाँ गरि जम्मा चुक्त पूँजी ८ करोड २९ लाख रुपैयाँ पुग्नेछ । २०७४ असार देखि वित्तप्ीय कारोबार सुरु गरेको लघुवित्तले १० जिल्लामा कारोबारको लागि अनुमति पाएको थियो ।

Ad