बैंकिङ खबर । वाणिज्य बैंकहरुले ऋण दिन नसक्ने भएपछि विभिन्न बाहानामा सेवाग्राहीलाई दुख दिन लागेपछि विकास बैंकहरुमा ऋण लिने सेवाग्राहीको चाप बढेको छ । वाणिज्य बैंकमा ऋण पाउन छोडेपछि सेवाग्राहीहरुको चाप विकास बैंकमा पर्दा विकास बैंकहरुको पनि कर्जामा वृद्धि भएको हो । जसको कारण कर्जा र पूँजी निक्षेप अनुपातलाई ध्यानमा राखेर कर्जा लगानी गर्ने विकास बैंकहरुलाई पनि सिसिडि रेसियोले चपेटामा पारेको छ । विकास बैंकहरुको सिसिडि रेसियोे ७८ प्रतिशत माथि पुगेको डेभलपमेन्ट बैंकर्स एसोशिएसनका अध्यक्ष गोविन्द प्रसाद ढकाल बतउँछन् ।
बैंकिङ खबर सँगको कुराकानीमा ढकालले भने “विगतमा वाणिज्य बैंकहरुले सिसिडि रेसियो नाघेपछि विकास बैंकहरुलाई ऋण बेच्ने गरेका थिए । तर अहिले विकास बैंकहरुको सिसिडी रेसियो पनि करिब ७९ प्रतिशतको हाराहारीमा पुगिसकेकोले वाण्ज्यि बैंकहरुको ऋण किन्ने अवस्था छैन ।” उनले भने वाणिज्य बैंकहरुले ऋण दिन नसकेकपछि ऋणीहरुको चाप विकास बैंकमा पर्न गई ७५ प्रतिशत भन्दा तलै रहने गरेको विकास बैंकको सिसिडी रेसियो यस पटक बढेर ७९ प्रतिशत पुगेको छ । कतिपय विकास बैंकहरुले कर्जा दिनको लागि पुँजी अभाव भएर कर्जा दिन रोकिसकेको उनी बताउँछन् ।