नेपाल राष्ट्र बैँकले वैदेशिक रोजगार बचतपत्र २०७८ क निष्काशन गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट राष्ट्र ऋण विभागले ३३ करोड ७९ लाख १५ करोड रुपैँयाको ५ वर्षे बचतपत्र निष्काशन गर्न लागेको हो । वार्षिक रुपमा व्याजकरबाहेक ९ प्रतिशत व्याजदरमा तथा प्रत्येक ६ महिनामा व्याजदर दिने बचतपत्रको विक्रि आगामी आइतबारदेखि असार २४ गतेसम्म खुल्नेछ । खरिद गर्न इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि घटीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजारले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासन हुने रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैँकले साँवा भुक्तानी मिति २०७८ असार २९ गतेका लागि तोकेको छ ।