February 28th, 2019

तीन बर्षमा निर्माण सक्नेगरी माथिल्लो चमेलिया जलविद्युतको पीपीए सम्पन्न 

बैंकिङ खबर । नेपाल विद्युत प्राधिकरण र अपिपावर कम्पनीबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता भएको छ । सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र अपिपावर कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका छन् ।

प्रदेश न. ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेको अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यस अघि कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको नौगाड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ३ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युत प्रवाह गर्दै आएको छ ।

कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजना अपर नौगाढ गाड जलविद्युत आयोजना(८.०)को निर्माण पूरा गरी आगामी चैत मसान्तभित्र विद्युत उत्पादन शुरु हुनेछ । कम्पनीले सम्पन्न गरेका आयोजनाहरु नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १ सय ३२ के.भि.डवल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।

अपर चमेलिया जलविद्युत आयोजनाबाट (४० मेगावाट) बार्षिक २६ दशमलव ४१करोड युनिट विद्युत उत्पादन कम्पनीले जनाएको छ । उत्पादित विद्युत मध्ये ३३ प्रतिशत हिउँदाका ६ महिनाहरुमा र बाँकी ६७ प्रतिशत बर्षात महिनाहरुमा उत्पादन हुनेछ । यो आयोजना टेक अर पेमा आधारित छ । कम्पनीले उत्पादनअनुमतिप्राप्तगरि २०७६ सालबाट निर्माण सुरु गरी ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सुदुरपश्चिममा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १ सय ३२ के.भि.डबल सर्किट ट्रान्समिसन लाइनमा जडान हुने भएकोले विद्युत प्रवाहको कुनै समस्या नरहेको कम्पनी काकार्यकारी संचालकश्री सञ्जीवन्यौपानेले बताए ।  

यस आयोजनामा नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण गरिएको बहुचर्चित चमेलिया जलविद्युत आयोजनाको विद्युत गृह भन्दा १५ किलोमिटर माथि अवस्थित छ । दुर्गम जिल्लामा निर्माण हुने यस आयोजनाको लागत प्रति मेगावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत ७ सय २० करोड लाग्ने अनुमान छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]