Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नविकरणीय उर्जा, पूर्वाधार लगायतमा लगानी गर्न बैंकहरुले विदेशी ऋण ल्याउन सक्ने

२०७५ फाल्गुन १६ गते


बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले परिवत्र्य विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था सम्बन्धी सूचना प्रकाशित गरेको छ । जसमा भनिएको छ विदेशी विनिमय –नियमित गर्ने) ऐन, २०१९को दफा १० ख ले दिएको अधिकार प्रयोग गरी यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले पालना गर्नुपर्ने शर्तहरु प्रकाशित गरेको छ । 

केन्द्रिय बैंकले तोकेका शर्तहरु
तोकीकएका वित्तीय संस्थाहश्रले नवीकरणीय उर्जा, उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केवलकार, पुल जस्ता भौतिक क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रवन्ध गर्न विविदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पूँजीको शतप्रतिशतसम्म परिवत्र्य मुद्रामा ह्ण लिन सक्ने छन् ।
बैंकले तोकेबमोजिमको पूँजीकोष कायम गरेका “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मात्र यस्तो ऋण लिन सक्ने छन् । 
ऋण लिनका लागि सञ्चालक समितिबाट निर्णय भएको हुनुपर्ने छ ।
ऋण दिने विदेशी बैंक तथा वित्तीय संस्थालाई अन्तर्राष्ट्रिय रुपमा वित्तीय कारोबार गनैमा कुनै किसिमको बन्देज लगाइएको हुनु हुने छैन् । 
यस्तो ऋणको भुक्तानी अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ५ वर्षसम्मको मात्र हुन पर्नेछ । तर यस बैंकले स्वीकृति प्रदान गरेमा यस्तो ऋण नविकरण गर्न सकिनेछ । 
ऋणको अवधि न्यूनतम १ वर्षदखि अधिकतम ५ वर्ष सम्मको मात्र हुने छ । तर यस्तो ऋण नविकरण गर्न सक्ने व्यवस्था पनि गरेको छ । 

Ad