बैंकिङ खबर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरेर काठमाडौं फर्किने क्रममा हेलिकप्टर दुर्घटना भएको हो।
मन्त्रीसहित ७ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । मौसम गडबडिका काराणले दुर्घटना परेको स्रोतले आशंका गरेको छ ।
हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेका बताइएको छ।
मृत्यु हुनेको नामावली
रवीन्द्र अधिकारी पर्यटन मन्त्री
विरेन्द्र श्रेष्ठ उपमाहानिर्देशक उड्डयन प्राधिकरण
युवराज दाहाल उपसचिव
आङछिरिङ शेर्पा पर्यटन व्यवसायी
ध्रव भोछिभया निर्देशक नेपाल नागरिक उड्डयन प्राधिकरण
अर्जुन घिमिरे सुरक्षकर्मी
प्रभाकर के.सी पाइलट