February 26th, 2019

राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा कुन–कुन शिर्षकमा कति ?

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले देशभर रहेका २ सय १८ वटा शाखा कार्यलय मार्फत विभिन्न सातवटा शिर्षकमा अधिकतम ५ करोड रुपैयाँ सम्म सहुलियत कर्जा वितरण गरिरहेको छ । बैंकले आफ्नो आधार ब्याजदरमा २ प्रतिशत प्रमियम थप गर्दा हुन आउने ब्याजदरमा महिला उद्यमशीलता कर्जामा नेपाल सरकारबाट आउने ६ प्रतिशत सम्म ब्याज अनुदानको ब्यवस्था गरेको छ । त्यस्तै अन्य ५ वटा शिर्षकमा दिने कर्जामा नेपाल सरकारबाट ५ प्रतिशतको ब्याज अनुदान पाउन सकिने बैंकले जानएको छ । चालु आर्थिक बर्षको पुष मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको आधार ब्याजदर ५ दशमलव ६ प्रतिशत रहेको छ । कर्जाको अवधि अधिकतम ५ बर्षको रहने छ । ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा लिनको लागि १८ बर्ष उमेर पुरा भएको हुनु पर्नेछ । शिक्षित यूवा स्वरोजगार कर्जा लिनको लागि ४० बर्ष ननाघेको हुनु पर्दछ । बैदेशिक रोजगारीबाट फर्केका यूवा परियोजना कर्जा लिनको लागि बैंदेशिक रोजगारीबाट फर्केको तिन बर्ष ननाघेको हुनु पर्छ । महिला उद्यमशिलता कर्जा र दलित समुदाय ब्यवसाय कर्जा लिनको लागि पनि १८ बर्ष उमेर पुगेको हुनु पर्दछ । उच्च र प्राविधिक ब्यवसायीक शिक्षा कर्जा लिनको लागि २५ बर्ष ननाघेको हुनु पर्दछ । हालसम्म राष्ट्रिय वाणिज्य बैंकले १८ जनालाई सहुलियत कर्जा प्रदान गरेको बैंकले जनाएको छ । कागजात परा गरेको २१ दिन भित्रमा नै ऋण पाउन सकिने पनि बैंकले जनाएको छ ।

कस्ता व्यवसायमा कति सम्म पाइन्छ सहुलियतपुर्ण कर्जा
राष्ट्रिय वाणिज्य बैंकले सातवटा क्षेत्रमा सहुलियत कर्जा उपलब्ध गराईरहेको छ । बैंकले ब्यवसायिक कृषि तथा पशुपन्छीको क्षेत्रमा अधिकतम ५ करोड सम्म कर्जा उपलब्ध गराईरहेको छ । त्यस्तै शिक्षित यूवा स्वरोजगार शिर्षकमा अधिकतम ७ लाख रुपैयाँ सम्म, बैदेशिक रोजगारीबाट फर्केका यूवा परियोजना कर्जा शिर्षकमा अधिकतम १० लाख रुपैयाँ सम्म, महिला उद्यमशिलता कर्जा शिर्षकमा अधिकतम १५ लाख रुपैयाँ सम्म, दलित समुदाय ब्यवसाय कर्जा शिर्षकमा अधिकतम १० लाख रुपैयाँ सम्म, उच्च प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा शिर्षकमा अधिकतम ५ लाख रुपैयाँ सम्म र भुकम्प पिडितको निजी आवास निर्माण भनेर अधिकतम ३ लाख रुपैयाँ सम्म सहुलियत कर्जा पाउन सकिने राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । 

कर्जा उपलब्ध हुने क्षेत्रहरु 
तरकारी तथा विउविजन उत्पादन, बनजन्य पुष्प तथा वागवानी ब्यवसाय, पशुपन्छी पालन, फलफुल तथा दुग्धजन्य पदार्थको उत्पादन तथा प्रशोधन, मत्स्य पालन, च्याउ उत्पालन, मासुजन्य उत्पादन, जडीबुटि उत्पादन, कफि ,चिया अलैचि लगायतका नगदेवालीको उत्पादन, मौरीपालन खाद्यान्न वालीको उत्पादन, प्राङ्गारीक तथा जैविक मल, पशुपन्छीजन्य दाना, कपास, उन तथा रेसम खेति र उनजन्य बस्तुको उत्पादन तथा यि सम्पुर्ण बस्तुको प्रशोधन तथा विक्री वितरणको लागि ब्यवसायिक कृषि तथा पशुपन्छीमा गरिने व्यवसायमा कर्जा लिन सकिन्छ ।

त्यस्तै कृषि ब्यवसाय अन्तरगतको कृषिजन्य वस्तुको उत्पादन, प्रशोधन, भण्डारण, तथा विक्रि वितरण पशुपन्छी पालन, सिंचाई तथा सिंचाई उपकरणको क्षेत्रमा, कृषि औजार तथा संयन्त्रको क्षेत्रमा, वन विकास तथा चरन विकासको क्षेत्रमा तथा जग्गा विकास र भु–संरक्षणको क्षेत्रको क्षेत्रमा शिक्षित यूवा स्वरोजगार कर्जा पाउन सकिन्छ । यसका अलवा उद्योग, सेवा ब्यवसायको साथै सुचना प्रविधि  खुद्रा पसल लगायतका क्षेत्रमा पनि शिक्षित यूवा स्वरोजगार कर्जा लिन सकिन्छ ।

परम्परागत बाजा, सिलाई बुनाई र तालिम तथा सिलाई मेसिन खरिद, परम्परागत आयआर्जनका पेशाहरु, फलामजन्य वस्तुको खरिदविक्री, जुत्ता चप्लको लागि आवश्यक कच्चा पदार्थ परम्परागत सुनचाँदीका गरगहना सरसफाइका लागि चाहिने सामानहरु खरिद गर्न, पुख्यौली पेसालाई निरन्तरता दिने चाहिने कच्चा पदार्थ खरिद गर्नको लागि दलित समुदाय ब्यवसाय विकास कर्जा पाउन सकिन्छ ।

आर्थिक रुपमा विपन्न सिमान्तकृत समुदाय तथा लक्षित बर्गका विद्यार्थिहरुले नेपाल सरकारले तोकेको विषयमा उच्च शिक्षा अध्यन गर्न, स्वास्थ्यसँग सम्बन्धित विषयहरु अध्यन गर्न, इन्जिनियरसँग सम्बन्धित विषयहरु अध्ययन गर्न,   पशुविज्ञानसँग सम्बन्धित विषयहरु अध्ययन गर्न, कषि विज्ञानसँग सम्बन्धित विषयहरु अध्ययन गर्न र अन्य प्राविधिक विषयहरु अध्ययन गर्न उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा पाउन सकिन्छ ।
 
कर्जा लिनको लागि आवाश्यक पर्ने कागजातहरु ः
कर्जा मागको निवेदन, निवेदकले भर्नुपर्ने विवरण फारम र परियोजना प्रस्ताव  बैंकले नै उपलब्ध गरोउने राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । यसको  साथै सात वटै क्षेत्रको कर्जाको लागि ऋणीले बैंकमा अनिवार्य रुपमा खाता खोल्नुपर्ने हुन्छ भने ऋणी र जमानतवालाको नागरीकताको  प्रतिलिपी र एकल तथा संयूक्त परिवारको नागरीकताको प्रतिलिपी पनि अनिवार्य रुपमा चाहिने हुन्छ । 

ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा लिनको लागि कर्जा मागको निवेदन, निवेदकले भर्नुपर्ने विवरण फारम र परियोजना प्रस्ताव  बैंकले नै उपलब्ध गरोउने राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । यसको  साथै ऋणीले बैंकमा अनिवार्य रुपमा खाता खोल्नुपर्ने हुन्छ भने ऋणी र जमानतवालाको नागरीकताको  प्रतिलिपी र एकल तथा संयूक्त परिवारको नागरीकताको प्रतिलिपी पनि अनिवार्य रुपमा चाहिने हुन्छ । साथै फर्म दर्ताको प्रमाणपत्र (एक करोड भन्दा कम भएमा फर्म÷कम्पनी र एक करोड भन्दा माथि भएमा प्रा. लि भएको), आन्तरीक राजश्व कार्यलयमा स्थायी लेखा नंम्बर दर्ताको प्रमाणपत्र र कृषि कर्जा निर्देशिका बमोजिम कृषि कर्जाका लागि चाहिने अन्य आवाश्यक कागजातहरु आवाश्यक पर्ने राष्ट्रिय वाणिज्य बैंकले जानएको छ ।

शिक्षित यूवा स्वरोजगार कर्जाको लागि कर्जा मागको निवेदन, निवेदकले भर्नुपर्ने विवरण फारम र परियोजना प्रस्ताव  बैंकले नै उपलब्ध गराउने राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । यसको  साथै ऋणीले बैंकमा अनिवार्य रुपमा खाता खोल्नुपर्ने हुन्छ भने ऋणी र जमानतदाताको नागरीकताको  प्रतिलिपी र एकल तथा संयूक्त परिवारको नागरीकताको प्रतिलिपी पनि अनिवार्य रुपमा चाहिने हुन्छ । यस्तै कम्तीमा स्नातक वा सो सरह उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्रको सक्कल प्रति र  घरेलु तथा साना उद्योग कार्यलय÷सिप विकास तालिम केन्द्र, सिटिइभिटि लगायतका सरकारी निकायहरुबाट कम्तीमा ७ दिनको तालिम वा ब्यवसाय गर्ने सिप विकास तालिम लिएको प्रमाणपत्र आवश्यक पर्दछ । 

बैंदेशिक रोजगारीवाट फर्केका यूवा परियोजना कर्जाको लागि कर्जा मागको निवेदन, निवेदकले भर्नुपर्ने विवरण फारम र परियोजना प्रस्ताव  बैंकले नै उपलब्ध गरोउने राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । ऋणीले बैंकमा अनिवार्य रुपमा खाता खोल्नुपर्ने हुन्छ भने ऋणी र जमानतदाताको नागरीकताको  प्रतिलिपी र एकल तथा संयूक्त परिवारको नागरीकताको प्रतिलिपी पनि अनिवार्य रुपमा चाहिने हुन्छ । अन्य कागजातमा राहदानिको प्रतिलिपी, प्रवेषाज्ञाको प्रतिलिपी र विदेशमा गई कम्तीमा ६ महिना सम्बन्धित क्षेत्रमा काम गरेको खुल्ने कागजातको प्रतिलिपी आवाश्यक पर्दछ ।

महिला उद्यमशिलता कर्जाको लागि र दलित समुदाय ब्यवसाय कर्जाको लागि कर्जा मागको निवेदन, निवेदकले भर्नुपर्ने विवरण फारम र परियोजना प्रस्ताव  बैंकले नै उपलब्ध गरोउने राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराउने छ भने ऋणीले बैंकमा अनिवार्य रुपमा खाता खोल्नुपर्ने हुन्छ । ऋणी र जमानतदाताको नागरीकताको  प्रतिलिपी र एकल तथा संयूक्त परिवारको नागरीकताको प्रतिलिपी पनि अनिवार्य रुपमा चाहिने हुन्छ ।  दलित समुदाय ब्यवसाय कर्जाको लिनको लागि सम्वन्धित जिल्ला प्रसासन कार्यलय, राष्ट्रिय दलित आयोग वा सम्बन्धित स्थानीय निकायबाट दलित भनि प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपी पनि आवाश्यक पर्ने बैंकले जानएको छ ।

उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जाका लागि कर्जा मागको निवेदन र  निवेदकले भर्नुपर्ने विवरण फारम बैंकले नै उपलब्ध गराउने छ भने ऋणीले बैंकमा अनिवार्य रुपमा खाता खोल्नुपर्ने हुन्छ । ऋणी र जमानतदातको नागरीकताको  प्रतिलिपी र एकल तथा संयूक्त परिवारको नागरीकताको प्रतिलिपी पनि अनिवार्य रुपमा चाहिने हुन्छ । यस बाहेक  आर्थिक रुपमा बिपन्न, सिमान्तकृत समुदाय वा लक्षित बर्ग भनि सम्बन्धित निकायबाट सिफारिस गरेको सिफारिस पत्र, अध्ययन गर्ने क्याम्पस वा शिक्षालयको निजको अध्ययन गर्ने वा गर्न चाहेको विषय र  अध्ययनको लागि लाग्ने शुल्क सहितको सिफारिस पत्र, अध्ययन गर्ने वा गरिरहेको तह भन्दा तल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र र ऋणीको परिवारको आम्दानी विवरण खुल्ने कागजात पनि आवाश्यक पर्ने बैंकले जनाएको छ ।

भुकम्प पिडितको निजी आवास निर्माण कर्जाको लागि कर्जा मागको निवेदन र  निवेदकले भर्नुपर्ने विवरण फारम बैंकले नै उपलब्ध गराउने छ भने ऋणीले बैंकमा अनिवार्य रुपमा खाता खोल्नुपर्ने हुन्छ । ऋणी र जमानतदातको नागरीकताको  प्रतिलिपी र एकल तथा संयूक्त परिवारको नागरीकताको प्रतिलिपी पनि अनिवार्य रुपमा चाहिने हुन्छ । यस बाहेक राष्ट्रिय पुननिर्माण प्राधिकरणको सिफारिस, ऋणी वा सगोल परिवारको नाममा कुनै पनि स्थानमा बस्न योग्य घर नभएको ब्यहोराको स्वःघोषण र राष्ट्रिय पुननिर्माण प्राधिकरणको आवास निमार्ण सम्पन्न गर्न तोकेको अवधि खुलेको कागजता आवशयक पर्ने बैंकले जनाएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]