Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

बाँकेको रांझामा निर्धन उत्थानलघुवित्तद्धारा वित्तीय साक्षरता तालिम सम्पन्न

२०७५ फाल्गुन १२ गते

बैंकिङ खबर ।  निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थाका आफ्ना ६५जना ग्राहक सदस्यहरुको सहभागितामा बाके जिल्लाको रांझामा“ग्राहक सदस्यहरुको लागिवित्तीय साक्षरतातालिम”सम्पन्न गरेको छ । यस तालिममा प्रशिक्षकहरु जिताराम गौतम, पुन्यात्मा प्रसाद शुक्ल रहेका थिए ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका कार्यक्रम अधिकृत जिताराम गौतमले बताए ।

तालिममा ग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटका साथै, संस्थाले प्रदान गरीरहेका सेवाहरुको बारेमा जानकारी हासिल गरेका थिए । 

हाल संस्थाले १ सय ८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १ सय ९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमाबसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानीगर्नुका साथै सीपमूलकतालिम, उद्यमशीलताविकास तालिम, सचेतनामूलककार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ । 


    
 

Ad