February 21st, 2019

प्रदेश २ सरकारले सुरु गर्यो बेटी बचाउ बेटी पढाउ अभियानसँगै छोरी बीमा कार्यक्रम 

बैंकिङ खबर । विरगञ्ज स्थित त्रि–जुद्ध माध्यमिक विद्यालयमा छोरी बीमा कार्यक्रमको शुभारम्भ गरिने भएको छ । प्रदेश नं २ को सरकारले ल्याएको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत सो कार्यक्रमको शुभारम्भ हुन लागेको हो । 

प्रदेश सरकारले आर्थिक वर्ष २०७५ /७६ मा ‘बेटी बचाउ बेटी पढाउ’ अभियानका लागि झण्डै ८९ करोड बजेट विनियोजन गरेको छ । सो अभियान अन्तर्गत प्रदेश २ सरकारले छोरी बीमा कार्यक्रमका लागि प्रभु बैंकसँग सम्झौतासमेत गरिसकेको छ । अभियानको पहिलो चरणमा साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण, सचेतनाका लागि अभियान चलाउने जस्ता कार्यक्रम रहेको छ ।

अभियान अन्तर्गत प्रदेश २ को आठ वटै जिल्लाका चार हजार छात्रालाई साइकल वितरण गर्ने लक्ष्य लिइएको छ । यसअन्तर्गत कतिपय जिल्लामा साइकल वितरण गर्ने कार्यक्रम शुभारम्भ भइसकेको छ । प्रदेश नं २ मा छोराछोरीबीच विभेद, छोरीलाई भ्रुणमै हत्या गर्ने, दाइजो प्रथा, छोरीलाई विद्यालय नपठाउने जस्ता कुरीति हटाउन अभियानले चेतना जगाउने छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]