February 21st, 2019

लघुवित्तको संख्या ९२ पुग्यो, असार मसान्तभित्र ११५ पुग्ने

बैंकिङ खबर । नेपालको बैंकिङ प्रणालीमा विकास बैंक र फाइनान्स कम्पनीहरुको संख्या क्रमशः घट्दै गएको अवस्थामा लघुवित्त वित्तीय संस्थाहरुको संख्या भने क्रमश बढिरहेका छन् । लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको नेपाल राष्ट्र बैंकले आवेदन दिइसकेका लघुवित्तहलाई भने लाइसेन्स वितरण गरिरहेको छ । 
हाल नेपाल राष्ट्र बैंकबाट लाईसेन्स लिएका लघुवित्तहरुको संख्या ९२ पुगीसकेको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले बताएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुको आवेदन लिन बन्द गरीसकेको भएता पनि आवेदन बन्द गर्नु पुर्व आवेदन लिएका र प्रक्रिया अगाडी बढाएका लघुवित्त वित्तीय संस्थाहरुलाई लाईसेन्स वितरण गर्नुपर्ने भएको कारणले आगामी असार मसान्तभित्रमा लघुवित्तहरुको संख्या ११४ /११५ पुग्ने छन् । 

नेपाल राष्ट्र बैंकले प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाहरुलाई लाईसेन्स वितरण गरेपछि प्राप्ति तथा मर्जरलाई प्रथामिकता दिने बताएको छ । राष्ट्र बैंकको मौद्रिक नीतिले लघुवित्तहरुको मर्जरलाई प्रथामिकता दिएको थियो त्यसै अनुरुप हालै मात्र साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्तलाई प्राप्ति गरेको हो । 

नेपाल राष्ट्र बैंकले बैंक तथा तथा वित्तयि संस्थाको प्रादेशिक संरचना ऐनले पनि लघुवित्तहरुलाई मर्जरमा जानुपर्ने अवस्था सिर्जना गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]