February 21st, 2019

बीमा व्यवसायको विकासका लागि आधुनिक टेक्नोलोजी अपरिहार्य–खुसल रेग्मी

बैंकिङ खबर। बुधबार नेपाल इन्टरनेशनलले गरेको एक कार्यक्रममा बीमा टेक्नोलोजी विज्ञ खुसल रेग्मीले बीमा क्षेत्रमा प्रविधिको विकास गर्नु अपरिहार्य रहेको बताएका छन् । उनले वर्तमान समयमा टेक्नोलोजीकै कारण बैंकास्योरेन्स सम्भाव भएको बताएका छन् । उनले बीमा कम्पनीसँग भन्दा बैंकसँग राम्रो टेक्नोलोजी भएका कारण कतीपय बैंकहरुले बीमा कम्पनीले भन्दा राम्रो आम्दानी बीमाबाट गरेको बताए ।

पछिल्लो समय मोबाइल बैंकिङ जस्तै बीमा क्षेत्रमा पनि ट्याबलेट बीमाको अवधारणा आइसकेको उल्लेख गर्दै पुराना प्रविधिलाई विस्थापित गर्दै आधुनिक प्रविधिको विकास गर्नुपर्ने बताए । उनले अहिले नेपालमा अधिकांश बीमा कम्पनीहरुले पुरानै खालका सफ्टवेर मार्फत काम गरिरहेको उल्लेख गर्दै व्यवसाय विस्तारका लागि पनि नयाँ सफ्टवेरहरु प्रयोग गर्नुपर्नेमा जोड दिए । 

आधुनिक सफ्टवेर मार्फत बीमितका रेकर्ड राख्दा सहज, विश्वासिलो तथा काम गर्न छिटो हुने उल्लेख गर्दै आगामी दिनमा पहिलेका प्रविधिलाई हटाउदै नयाँ सफ्वेर प्रयोगको सुरुवात बीमा क्षेत्रमा गर्न आवश्यक रहेको उनले बताए । त्यसका लागी आफुहरुले निरन्तर काम गरिरहेको र अबको २/३ वर्षमा बीमा क्षेत्रमा पनि आधुनिक टेक्नोलोजीको प्रयोग बढ्ने उनको विश्वास थियो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]