February 20th, 2019

अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर । अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बैंकास्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स र बैंक आपसमा सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बिन्धी सम्झौता भएको हो ।

 सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत रभिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि मेगा बैंकका सम्पुर्ण ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]