Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन बैंकद्धारा दुर्घटना मृत्यु बीमा रकम प्रदान

२०७५ फाल्गुन ७ गते

बैंकिङ खबर । हिमालयन बैंक कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका आफ्ना खातावाला ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी श्रीमती गीता खनाललाई उक्त खाताको “दुर्घटना मृत्यू बिमा” वापत प्राप्त भएको पाँच लाख हस्तान्तरण गरेको छ । 

बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा शिखर इन्स्योरेन्सका प्रतिनिधी यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरे । 

मृतककी श्रीमती गीता खनालले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पु¥याएको बखत बैंकको यस सहयोगले केही मात्रामा आर्थिक राहत दिएको बताइन्  बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको पाँच लाख सम्मको निशुल्क दुर्घटना मृत्यू बिमा गरिदिएको हुन्छ ।