February 19th, 2019

बैंकमा ऋण लिन बुझाउनुपर्ने कागजातमा एकरुपता ल्याउने

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले कुनैपनि ऋणीले कर्जा लिन उपलब्ध गराउने कागजातमा एकरुपता ल्याउने भएको छ । 

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको ७७ नम्ब। बुँदामा बैंक तथा वित्तीय संस्थासँग कर्जा लगायतका कारोवार गर्दा गरिने तमसुक एवम् अन्य कागजातहरूमा एकरूपता कायम गर्ने व्यवस्था मिलाइनेछ भन्ने उल्लेख गरेको छ। 

उद्योगी व्यवसायीहरुले पनि बैंकलाई बुझाउने कागजात फरक फरक प्रकृतिको हुने भएको र यसले लागत बढाएको भन्दै राष्ट्र बैंकलाई कागजातमा एकरुपता ल्याउन आग्रह गरेका थिए । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]