बैंकिङ खबर । अर्थमन्त्रालयमा जारी छलफलमा बैंकिङ व्याजदरबारे चर्काचर्की भभएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल, डेपुटी गर्भनरहरु, बैंकर्सहरु र निजी क्षेत्रका प्रतिनिधीहरुबीच बैंकिङ व्याजदरका विषयमा छलफल भएको छ । ब्याजदरको समस्या राष्ट्र बैंकले मौद्रीक नीतिको अर्धवार्षिक समिक्षामा हल गर्नेगरी सहमति भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले उठाएको मुद्दालाई नेपाल परिसंघका प्रतिनिधिहरुले औचित्यहीन भनेपछि व्यवसायीबीच पनि चर्काचर्की भएको छ ।
अर्थमन्त्रालयमा भएको बैंठकमा बैंकर र व्यावसायीबीच विवाद भएपछि नेपाल उद्योग परिसंघका पदाधीकारीहरु बाहिरिए पश्चात अर्थमन्त्री डा.खतिवडा मन्त्री परिषदको बैंठक छोडेर यस बैंठकमा सहभागी हुन आए । निजी क्षेत्रले व्याजदर घटाउन माग गर्दै आएको अवस्थामा अहिले अर्थमन्त्रालयमा अर्थमन्त्री सहितको समुपस्थीतीमा बैंकर, व्यवसायी र गर्भनर सहितको छलफल भएको छ । ।