February 17th, 2019

बैंकहरुलाई ब्यजदरमा लचिलो हुन प्रधानमन्त्री ओलीको निर्देशन


बैंकिङ खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटमा उनले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन् । 

प्रधानमन्त्री ओलीले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जन ागर्ने, आन्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिए । ‘लगानी गरेपछि तयसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्ता क्षेत्रमा गरेको लगानीको ब्षनमा पनि लचिलो हुनुहोस’्  प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबैभन्दा कम ब्याज उठाउनुहोस्‘। बिलासी वस्तुमा लगानी क मगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले व्यववसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री युवाराज खतिवडा र राष्ट्र बैंकका गभर्नरलाईसमेत निर्देशन दिए । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]