Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

१९ जलविद्युत आयोजनामा जनताको १ खर्ब ६० करोड रुपैयाँ लगानी

२०७५ फाल्गुन ३ गते

बैंकिङ खबर। सरकारले जनताको लगानी अन्तर्गत १९ वटा जलविद्युत आयोजना बनाउने भएको छ । प्रदेश १ मा १ हजार ७ सय ५१ मेगावाटका ६ वटा आयोजनामा जनताको लगानी ५१ अर्ब ४७ करोड रुपैयाँको हुने छ । प्रदेश २ मा कुनैपनि जलविद्युत आयोजना निर्माण हुने छैन् । 

प्रदेश ३ मा जनताले २ वटा अयोजनामा ३ अर्ब ५१ करोड रुपैयाँ लगानी गर्न पाउने भएका छन् । यो प्रदेशमा २ वटा आयोजना जनताको लगानीमा बनाइने घोषणा सरकारले गरेको छ । 

गण्डकी प्रदेशमा भने चार वटा अयोजना जनताको लगानीमा बन्ने भएको छ । जसमध्ये जनताले ४ सय ७५ मेगावाटको विद्युत उत्पादनका लागि १३ अर्ब ९६ करोड रुपैयाँ लगानी गर्नुपर्ने छ ।

प्रदेश पाँचमा भेरी बबई डाएभर्सनमा जनताले १४ करोड ११ लाख रुपैयाँ लगानी गर्न पाउने छन् । यो आयोजना ४८ मेगावाटको हुने छ । 

कर्णाली प्रदेशमा भने सरकारले ६ सय ४९ मेगावाटको ३ वटा जलविद्युत आयोजना जनताको लगानीमा बनाउने भएको छ । तीनवटै आयोजनामा सरकारले जनताको लगानी १९ अर्ब ८ करोड रुपैयाँ हुने जनाएको छ । 

त्यस्तै सुदुरपश्चिम प्रदेशमा सरकारले ४ सय २३ मेगावाटका ३ वटा अयोजना जनताको लगानीमा बनाउने भएको छ । सरकारले यी आयोजना बनाउन १२ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ जनताबाट उठाउने छ । 

Ad