February 14th, 2019

९५८ प्रतिशतले खुद बीमा शुल्क बढाएको ज्योति लाइफको नाफा ६ करोड ४४ लाख

बैंकिङ खबर। ज्योति लााइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षमा व्यवसाय विस्तारमा उल्लेख्य सफलता हासिल गर्दै दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । इन्स्योरेन्सले गत आर्थिक बर्षको दोस्रो त्रैमासको भन्दा खुद बीमा शुल्क आर्जन ९५८ प्रतिशत वृद्धी गर्दै ३० करोड ९१ लाख रुपैयाँ पुर्याएको छ । 

इन्स्योरेन्सले अल्पकालिन लगानीलाई भन्दा दिर्घकालिन लगानीलाइ जोड दिएकाले  दिर्घकालिन लगानीमा गत आर्थिक बर्षको सोहि अवधिको भन्दा ८५ प्रतिशतले वृद्धीे  हुँदा अल्पकालिन लगानी भने घटेको छ । दिर्घकालिन लगानीमा जोड दिनुलाई इन्स्योरेन्सको  दुरदर्शी रणनीतिको रुपमा लिन सकिन्छ । जसले गर्दा भविष्यमा समेत इन्स्योरेनसलाई निरन्तर रुपमा आकर्षक मुनाफा आर्जनमा सहयोग पुग्न सक्दछ । 

इन्स्योरेन्सले जगेडा कोष र जीवन बीमा कोषलाई पनि मजबुत बनाउँदै लगेको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमासको भन्दा चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा इन्स्योरेनसले जगेडा कोष ९१ प्रतिशतले बढाएको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमासमा इन्स्योरेनसको जीवन बीमा कोषमा शुन्य रकम रहेकोमा चालु आर्थक बर्षको  दोश्रो त्रैमासमा ३२ करोड ८९ लाख रुपैयाँ पुगेकोे छ । व्यवस्थापन खर्चमा भएको वृद्धीको कारणले इन्स्योरेन्सको मुनाफा भने घटेको छ । इन्स्योरेन्सले पुष मसान्त सम्ममा ६ करोड ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । समिक्षा अवधिमा इन्स्योरेन्सले ३ वटा दाबी वापत १९ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

इन्स्योरेन्सले सञ्चालनमा आएको छोटो समयमा देशभर ९६ वटा शाखा संजाल विस्तार गरिसकेको छ । आगामी दिनमा नेपालको जीबन बीमा क्षेत्रमा आकर्षक तथा प्रतिस्पर्धी योजनाहरु जारी गरी बीमितहरुलाइ अझ बढी सेवा सुविधा प्रदान गर्ने योजना रहेको इन्स्योरेन्सले जनाएको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]