आइएमई जनरल इन्स्योरेन्स र सर्लाहीको हरिपुर नगरपालिका बिच बीमा संझौता  

बैकिङ खबर। आइएमई जनरल इन्स्योरेन्स र सर्लाहीको हरिपुर नगारपालिका बिच बीमा सम्झौता भएको छ । सम्झौता पश्चात् हरिपुर नगरपालिकाले गराउेने सम्पूर्ण बीमाहरुको साथै  नगरवासीको भौतिक सम्पत्ती, कृषकहरुको पशुपन्छी तथा कृषि बीमा र व्यक्तिगत दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स मार्फत हुने छ । 

सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरपालीकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरेका छन् । 

सम्झौता सँगै नगर प्रमुख मन्सुरले नगरवासीलाई अफ्नो सम्पत्तीको बीमा गरी ढुक्क हुन आग्रह गरे । उनले कृषकहरुलाई पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरका छन् । उनले यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरावासीहरुलाई सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । 

आइएमई जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक ठाकुरले नगरपालीकाले आफ्ना नगरबासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी इन्स्योरेन्ससंग सम्झौता गरेकोले नगरवासीहरुलाई उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्ना नगरवासीहरुको सम्पत्तीको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भुमिका निर्वाह गरेकोमा नगर प्रमुख लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिंदै इन्स्योरेन्सले नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स बाट प्राप्त हुने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरे । उनले आउने दिनहरुमा सबै ग्राहकमहानुभावहरुसंग अझै गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।


            

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नयाँ अपडेट