February 13th, 2019

विश्वमा बैंकिङ इतिहास: यी हुन सबैभन्दा पुराना पाँच बैंकहरु 

बैंकिङ खबर। नेपालमा लगभग ९० वर्ष अघि देखि नै विनिमयका लागि सिक्काको प्रचलन भएको देखिन्छ । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भएको थियो । त्यसबेला पनि नेपालमा सिक्काको प्रयोग हुन्थ्यो । वि.सं. २००४ बाट मात्र नेपालमा कागजी नोटको सुरुवात भएको हो । नेपाल राष्ट्र बैंकको स्थापना हुनुभन्दा पहिला सदर मुलुकी खानाले नोट तथा सिक्का निश्कासन गर्दथ्यो । नेपालमा नोटमा पहिलो हस्तक्षर गर्ने व्यक्ति तत्कालीत सदर मुलुकी खानाका प्रमुख खचाञ्ची जनकराज हुन् ।  राष्ट्र बैङ्कको स्थापनापछि भने नोटमा सही गर्ने पहिलो गभर्नर हिमालय शमशेर जबरा हुन् ।

नेपालको बैँकिङ इतिहास लामो नभएपनि विश्वका अन्य विकसित मुलुकहरुमा धेरै पहिला नै बैंकिङ गतिविधिको सुरुवात भएको पाइन्छ । औपचारिक रुपमा बैँकिङ प्रणालीको सुरुवात इटलीबाट भएको पाइन्छ । सन् १४७२ मा इटलीमा संसारकै पहिलो बैँकको स्थापना भएको थियो । त्यपछि मात्र विश्वका सबैमुलुकमा बैंकको आवस्यकता महसुस गरी बैंक खोल्ने काम गरियो ।  

बैँकिङ इतिहास रचेका संसारका सबैभन्दा पुराना ५ बैँकहरु 
बान्सा मोन्टे डीपस्सी डी सीना
इटलीको सीना सहरमा अवस्थित यो बैंक संसारकै सबैभन्दा पहिलो बैंक हो । सन १४७२ मा यो बैंकको स्थापना भएको थियो । तत्कालीन समयमा गरिब मानिसहरुको उत्थानका लागि बैंकको स्थापना भएको इतिहास छ । च्यारिटीको माध्यमबाट उकास्ने उद्देश्यले उक्त बैंकको स्थापना भएको थियो ।

बेरेनबर्ग बैंक
सन् १५९० मा स्थापित यो बैँक जर्मन बैँक हो । जर्मनको हमवर्गमा स्थापना भएको यो बैंक दुई दाजुभाई ह्यान्स र पल बेरेनवर्ग मिलेर खोलेका थिए । कपडाको आयात निर्यात व्यवसाय गर्ने दाजुभाइले खोलेको यो बैंक आर्थिक गतिविधिमा बढी क्रियाशिल भएको थियो । यो बैंक सहकारीको अवधारणाबाट स्थापना भएको इतिहास समेत छ । यो बैंकका कारण तत्कालीन समयमा धेरैले आफ्नो आर्थिक अवस्थाको सुधार गर्न सकेका थिए ।

 

स्भेरिगेज रिक्सबैंक
सन १६६८ मा स्वीडेनमा स्थापना भएको यो बैंक संसारकै सबैभन्दा पुरानो केन्द्रिय बैंक हो । यो बैंकको स्थापना भएपछि स्वीडेनमा बैंकिङ विकास भएको थियो ।

 

सी होर एण्ड को
संसारकै तेस्रो पुरानो बैंक हो सी होर एण्ड को बैंक। यो बैंकको स्थापना सन् १६७२ मा लण्डनमा भएको थियो । यो बैंकको स्थापना भएपछि लण्डनमा आधुनिक बैंकिङ तथा कागजी नोटको सुरुवात भएको थियो । निजी स्वामित्वमा स्थापना भएको यो बैंक अहिले पनि पारिवारिक रुपमा चलेको छ । अहिलेपनि यो बैंक सर रिचार्ड होरको व्यवस्थापनमा सञ्चालन भइरहेको छ ।

मेट्जलर बैंक
यो बैंक सन १६७४मा जर्मनको फ्रयाङफर्टमा स्थापना भएको थियो । यो बैंकको स्थापना भएपछि जर्मनमा संस्थागत रुपमा बैंकिङ प्रणालीको विकास भएको थियो। यो बैंकको स्थापना व्यापारीक कम्पनीको रुपमा बेन्जामिन मेट्जलरले स्थापना गरेका हुन। जुन जमर्नको दोस्रो पुरानो बैंक हो भने विश्वमा पाँचौ पुरानो बैंक हो ।

 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]