February 12th, 2019

क्यान्सर जनचेतनाको लागि ज्योति लाईफ द एमेजिङ मोटर र्याली सम्पन्न

बैंकिङ खबर। काठमाडौँ ग्रुप अफ होटल्स को आयोजना र ज्योति लाईफ इन्स्योरेन्सको प्रायोजनमा नेपाल अर्बुदरोग निवारण संस्थालाई सहयोग गर्ने उदेश्यले ज्योति लाईफ द एमेजिङ मोटर र्याली २०७५ सम्पन्न भएको छ । विश्व क्यान्सर दिवसको अवसरमा “क्यान्सर छिटो उपचार गरे निको हुने रोग हो ।” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा भिजिट नेपाल २०२० को प्रर्वद्धन पनि गरिएको थियो । 

क्यान्सर जनचेतना सम्वन्धि स्टिकरहरु राखिएको गाडीहरुलाई काठमाडौँ ग्रुप अफ होटल्सका अध्यक्ष दिवाकार राज कर्णिकार र र्याली अध्यक्ष सुनिल शाक्यले नेपाल टुरिजम बार्डको कार्यलमा संयूक्त रुपमा झण्डा तोलन गरि ¥र्यालीको उद्घाटन गरेका थिए । नेपाल टुरिजम बार्डबाट सुरुभएको र्याली जवलाखेल, नौबिसे, मलेखु, चुम्लिङ्गटार, दमौली हुँदै पोखरको विन्धबासिनी, सम्म पुगेको थियो । उक्त र्याली विभिन्न चेक प्वाइन्टहरुमा आयोजना भएका  खेलहरुमा सहभागी हुँदै पोखरा सम्म पुगेको हो । सम्पूर्ण गाडीहरुमा जिपिएस जडान गरी गाडीहरुले चेकप्वान्ट पार गरे नगरेको निरिक्षण गर्नुका साथै नियमानुसार प्रति घन्टा ८५ कि.मि भए नभएको निगरानी पनि गरिएको थियो ।
 
पोखराको सारङ्कोटमा समापन गरीएको उक्त र्यालीको समापन समारोहमा गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल, गायक धिरज राई, मिस नेपालहरु निकिता चन्दक, रोजिना श्रेष्ठ, सहारा बस्नेत, सृखला खतिवडा, रोलनली अमात्य, प्रिया सिग्देल तथा विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरु उपस्थित रहेको थियो । समापन कार्यक्रममा अतिथिहरुले आफ्नो मन्तब्य राख्नुको साथै र्याली विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । 

कार्यक्रमको समापन गर्दै काठमाडौँ ग्रुप अफ होटल्सका अध्यक्ष दिवाकार राज कर्णिकारले सम्पुर्ण प्रायोजकहरुलाई धन्यवाद प्रकट गरेका थिए । त्यस्तै प्रायोजक ज्योति लाईफका ईन्स्योरेन्सका उप कार्यकारी प्रमूख प्रकाश विक्रम खत्रीले स्थापित भइसकको इन्स्योरेन्सहरुको विचमा नयाँ कम्पनीको रुपमा आएको ज्योति लाईफले आफ्नो स्थापनाकाल देखिनै घातक रोग विरुद्धको अभियान सुरु गर्दै आफ्नो योजनाहरु बजारमा ल्याएको बताए । सोहि अनुसार ज्योति लाईफ द एमेजिङ मोटर र्यालीको साथमा उभिएका छौं । यस्तो किसिमको  सामाजिक  कार्यक्रममा जोडीन  पाउनु ज्योति लाईफ लागि गर्वको विषय भएकोे बताउँदै उनले आगामी दिनहरुमा पनि यस किसिमको सामाजिक कार्यक्रमहरुमा संधै साथ रहने प्रतिबद्धता ब्यक्त गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]