Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

डलरको भाउमा भएको वृद्धिका कारण सरकारको ऋण बढ्यो

२०७५ माघ २५ गते

बैंकिङ खबर। महालेखा नियन्त्रकको कार्यालयले सरकारी ऋण बढेर ९ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको जनाएको छ । जस मध्ये ५ खर्ब ६१ अर्ब रुपैयाँ बाह्य ऋण हो भने ३ खर्ब ९१ अर्ब रुपैयाँ आन्तरिक ऋण हो । चालु आर्थिक वर्षको चार महिनाको प्रकाशित तथ्याङक अनुसार वैदेशिक ऋण उच्च देखिएको हो ।

पछिल्लो समय डलरको मूल्यमा भएको वृद्धिका कारण वैदेशिक ऋणमा उच्च बृद्धि भएको देखिएको हो । त्यस्तै चालु आर्थिक वर्षको चार महिनामा सरकारले ८ अर्ब ७८ करोड रुपैयाँ वैदेशिक ऋण थपेको छ । डलरको भाउमा वृद्धि हुँदा नेपाली मुद्रा कमजोर बन्न गई वैदेशिक ऋणको आकार आफै बढने अर्थशास्त्रीहरुले बताएका छन।  

महालेखा नियन्त्रकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा कुल गार्हस्थ उत्पाद र सरकारी ऋणको अनुपात १ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।

Ad