Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेशी लगानी ल्याउँदाको जोखिम कम गर्न हेजिङ फण्ड नियमावली जारी

२०७५ माघ २५ गते

बैंकिङ खबर। सरकारले वैदेशिक लगानी ल्याउँदा हुन सक्ने जोखिम न्यूनिकरणका लागि ‘हेजिङ फण्ड सम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ । 

जलविद्युत परियोजनामा ठुलो रकम आवस्यक पर्ने र त्यसमा वैदेशिक लगानी आकर्षित गर्न हेजिङ फण्ड बनाउने तयरी स्वरुप नियमावली ल्याएको हो । परिवत्र्य मुद्रामा विदेशी लगानी भित्र्याउनका लागि उक्त कोष सञ्चालनमा ल्याउन लागिएको हो । 

मन्त्रिपरिषद्को माघ २१ गतेको बैठकले उक्त नियमावली जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार जानकारी दिएका हुन् । 

हेजिङ फण्डमा वैदेशिक लगानी ल्याउन चाहने लगानीकर्ताले निकै चासो दिएका छन् । कोषमा सरकार, लगानीकर्ता सबैको दायित्व रहने छ ।