बैंकिङ खबर । नेपाली बजारमा डलरको भाउ फेरी बढेको छ । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक डलरको विक्री दर १ सय १५ रुपैयाँ १९ पैसा तोकेको छ । अमेरिकी मुद्राको तुलनामा भारतीय मुद्रा कमजोर हुन्दा नेपाली रुपैयाँको समेत अवमुल्यन भएको हो । भारतीय मुद्रा र नेपाली रुपैयाँको स्थीर विनिमयदर भएकाले भारतीय अर्थतन्त्रको प्रभाव नेपालमा सिधा पर्छ ।
डलरको भाउ बढदा नेपाली रुपैयाँ कमजोर हुन्छ । यसको अर्थ वस्तु खरिदमा रुपैयाँको क्रय शक्ति घट्ने भन्ने हो । त्यसैले डलरको मूल्यमा बृद्धि हुँदा महँगि बढन सक्छ । किनभने नेपाल आयातमुखि अर्थतन्त्रमा अडिएको छ ।
डलरमा भएको वृद्धिका कारण आयातीत बस्तुहरु महँगो पर्न जान्छ । यसले व्यापार घाटा बढाउँछ । अर्कोतर्फ सरकारको वैदेशिक ऋण समेत प्रभावित हुन्छ । तर विदेशी मुद्रा महँगो बन्दा रेमिट्यान्समा बृद्धि हुन सक्छ । यसले मुलुकमा डलर संचिती बढाउँछ । पर्यटकले बढी खर्च गर्न सक्ने भएकाले पर्यटन व्यवसायमा पनि आम्दानी बढन जान्छ । यसले मुलुकको अर्थतन्त्रमा फाइदा पु-याउँछ ।
देशमा निर्यात भन्दा आयात बढी हुने भएकाले व्यापार घाटा झन बढन सक्छ । त्यसैले डलरको मूल्यमा भएको बृद्धिले अर्थतन्त्रमा सकारात्मक भन्दा नकारात्मक असर बढी पार्ने देखिन्छ ।