बैंकिङ खबर। १ अर्ब १० करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नागरीक लगानी कोषले चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा १९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कोषले गत आर्थिक बर्षको सोही अवधिको भन्दा ४ दशमदव ५६ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा कोषको मुनाफा १८ करोड १९ लाख रुपैयाँ रहेको थियोे ।
आम्दानी तथा खर्च
कोषले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी २ करोड ५० लाख रुपैयाँ, सेवा शुल्क तथा कमिशनको आम्दानी ३२ करोड ३३ लाख रुपैयाँ, लाभाम्स आम्दानी ७५ लाख रुपैयाँ र विविध आम्दानी ४ लाख रुपैयाँ गरेर ३५ करोड ६२ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । भने कोषको संचालन खर्च ७ करोड ५४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कोषको संचालन खर्च ८ करोड २ लाख रुपैयाँ रहेको थियो ।
नगद, लगानी तथा बैंक मौज्दात
४ अर्ब १ करोड २७ लाख रुपैयाँ जगेडा कोषमा रहेको नागरिक लगानी कोषको खुद कोष मौज्दात १ खर्ब १७ अर्ब १२ करोड ५४ लाख रुपैयाँ रहेको छ । त्यस्तै कुल कोषको आकार १ खर्ब २० अर्ब १७ करोड ४७ लाख रुपैयाँको रहेको छ । नेपाल सरकारको ऋणपत्र, मुद्धति निक्षेप, समयकालिन कर्जा, संगठित संस्थाको शेयर र सहभागी सापटी र आवास कर्जामा गरेर १ खर्ब १३ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ लगानी गरेको कोषले बैंक माज्दातको रुपमा १ अर्ब ३५ करोड ७५ लाख रुपैयाँ राखेको छ ।
सूचकहरु
कोषको रिर्टन अन इन्भेष्टमेन्ट १० दशमलव १३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ७९ रुपैयाँ र प्रतिशेयर आम्दानी ३५ रुपैयाँ रहेको छ ।