Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

अस्ट्रेलियामा बैंकिङ ठगि बढ्यो, नीतिगत रुपमै सुधार गर्ने सरकारको तयारी

२०७५ माघ २२ गते


बैंकिङ खबर। अस्ट्रेलियामा बैंकिङ क्षेत्रमा हुन सक्ने बदमासीलाई कम गर्न नीतिगत रुपमा सुधार गर्न लागिएको छ । बैंकिङ गतिविधिमा हने बदमासीमाथि अध्ययन गरेको रोयल कमिशनले बैंकिङ क्षेत्रमा नीतिगत सुधार गर्नुपर्ने सुझाव पेश गरेको छ । 

अस्ट्रेलियामा बैंकिङ क्षेत्रमा ग्राहकरु ठगिनुपरेको गुनासो आएसँगै रोयल कमिशन गठन गरी अध्ययन थालिएको थियो । कमिशनले दिएको सुझावलाई अस्ट्रेलियन सरकारले सोमबार सार्वजनिक गरेको हो । 

बैंकहरुले कुनै पनि सेवा नदिएको अवस्थामा पनि सेवा शुल्क लिएर ग्राहकहरूलाई ठगि गरेको रोयल कमिशनले गरेको अनुसन्धानले देखाएको छ । यस्तो कार्यमा अस्ट्रेलियाका प्रमुख चार बैंक नेशनल अस्ट्रेलिया बैंक, कमनवेल्थ बैंक अफ अस्ट्रेलिया, एएनजेड र वेस्टप्याक मुछिएका छन् । 

१० हजारभन्दा बढी सार्वजनिक विवरण संकलन गरी अध्ययन अनुसन्धान गरिएको रोयल कमिशनले जनाएको छ । त्यहाँको सरकारका अनुसार अब रिजर्भ बैंकअफ अस्ट्रेलियाले आवस्यक कारबाही प्रकृया अगाडी बढाउने छ । कमिशनका केही सुझाव तत्कालै कार्यान्वयनमा ल्याइने पनि सरकारले जनाएको छ । एजेन्सी