February 3rd, 2019

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा साढे २ अर्ब रुपैयाँ लगानी गर्दै


बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले एक वर्षे मुद्धति निक्षेपमा २ अर्ब ४६ करोड ८७ लाख रुपैयाँ लगानी गर्ने भएको छ । आइतबार प्रकाशित गरेको सुचना अनुसार राष्ट्र बैंकले राष्ट्रिय स्तरका ‘क’ ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामा निक्षेप लगानी गर्न लागेको हो । 

राष्ट्र बेंकका अनुसार ‘क’ वर्गका बाणिज्य बैंकहरुमा २ अर्ब ६ करोड ८७ लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३० करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १० करोड रुपैयाँ निक्षेप राख्ने छ । माघ २३ गते अपरान्ह तीन बजे सम्म इच्छुक बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर सहित शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्ने छ । राष्ट्र बैंकले आगामि फागुन १ गतेदेखि २०७६ माघ २९ गते सम्मका लागि निक्षेप राख्न लागेको हो । 

यसका लागि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेका शर्तहरु पालना गर्नुपर्ने छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]