
बैंकिङ खबर। नेपाल आयल निगमले इन्धनको मूल्यवृद्धि गरेको छ । शनिवार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीटेलमा प्रतिलिटर २ रुपैयााका दरले मूल्य बृद्धि भएको हो ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ, डिजल र मट्टीतेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।