Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वित्तीय क्षेत्रमा गलत अभ्यास – अन्तर बैंक सापटीको प्रयोग कर्जामा भएको आशंका   

२०७५ माघ १८ गते

बैंकिङ खबर। अन्तर बैंक सापटी रकमलाई कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) मा गणना गर्न पाउने व्यवस्था भएपछि पछिल्लो समय बैंकहरुको कारोबार बढी देखिएको छ । बैंकरहरुका अनुसार हरेक दिन ४ अर्ब ५० करोड रुपैयाँ भन्दा माथि अन्तरबैंक सापटी कारोबार हुने गरेको छ । यसले बैंकहरुको कारोबार करिब ६ अर्ब पुगेको बैंकरहरु बताउँछन् । त्यस्तै वित्तीय प्रणालीमा दैनिक ३५ अर्ब भन्दा बढी तरलता देखिन्छ । यसले बैंकहरुको कारोबारमा वृद्धि मात्र नभएर वित्तीय प्रणालीमा सहज वातावरण सिर्जना भएको छ ।

नेपाल राष्ट्र बैंकले अन्तर बैंक सापटीलाई सिसिडीमा गणना गर्न दिएपछि बैंकहरुले त्यही पैसालाई ऋणका रुपमा प्रयोग गर्न सक्ने सम्भावना पनि उच्च छ । राष्ट्र बैंकले सिसिडी रेसियो र अनिवार्य तरलता अनुपात (सिआरआर) लाई ब्यवस्थापन गर्न बैंकहरुलाई सहज होस भन्ने उद्येस्यले सिसिडी रेसियोमा गणना गर्ने व्यवस्था गरिदिएको थियो । स्रोतका अनुसार केही बैंकहरुले अन्तर बैंक सापटी रकमको प्रयोग ऋण प्रवाहमा गरेको आशंका पनि छ । 

अहिले बजारमा अन्तर बैंक ब्याजदर झण्डै ६ प्रतिशत सम्म छ । तर त्यही पैसालाई ऋणको रुपमा प्रयोग गर्दा बैंकहरुले १२/१३ प्रतिशतमा लगानी गर्न सक्छन् । त्यसैले पनि यस्तो पैसा ऋणको रुपमा गएको हुन सक्ने आशंका गर्न सकिने ठाउँ रहन्छ । बैंकहरुले कुनै ठाउँबाट निक्षेप आउने आशामा अन्तर बैंकबाट लिएको पैसा तत्काल लागानी गर्ने प्रवृति बसेमा वित्तीय प्रणाली नै जोखिममा पर्न सक्छ ।
 

Ad