बैंकिङ खबर। लघुवित्त वित्तीय संस्थाले पनि विदेशबाट प्रथमिक पूँजीको ३० गुणासम्म विदेशी ऋण ल्याउन पाउने भएका छन् । यसअघि प्राथमिकत पूँजीको २५ प्रतिशतभन्दा बढि विदेशी संस्थाबाट ऋण ल्याउन नपाउने ब्यवस्था थियो । उक्त व्यवस्थाले समस्यामा परेका लघुवित्त संस्थाहरुलाई राष्ट्र बैंकले सहजीकरण गरिदिएको हो।
निर्धन उत्थान र आरएमडिसीले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट ऋण ल्याउन सहमति गरेका थिए। प्राथमिक पूँजीको २५ प्रतिशतमात्र ल्याउन पाउने सिमाले गदाए उनीहरुले ऋण ल्याउन सकेका थिएनन् ।
निर्धन उत्थान र आरएमडिसीले आइएफसीसँग १/१ करोड डलरको ह्ण सम्झौता गरिसकेका छन् । दुबै संस्थाले राष्ट्र बैंकमा उक्त रकम ल्याउन स्वीकृति माग्दै आवेदन दिएका थिए ।