January 31st, 2019

हायर पर्चेज कर्जा दिने कम्पनी स्वीकृतिमा नयाँ व्यवस्था लागु


बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० मा दोस्रो संशोधन गरेको छ। २०७५ मंसिर ४ गतेदेखि लागू भएको उक्त संशोधन अनुसार हायर पर्चेज कर्जा दिन केन्द्रीय बैंकबाट स्वीकृति लिने नयाँ कम्पनीको न्यूनतम चुक्ता पुँजी (साधारण शेयर) १० करोडबाट बढाएर ३० करोड रुपैयाँ कायम गरिएको छ । यसअघि स्वीकृति लिई कर्जा कारोबार गरिरहेका कम्पनीहरुले भने २०७७ असार मसान्तसम्ममा २० करोड रुपैयाँ र २०७८ असार मसान्तसम्ममा ३० करोड रुपैयाँ चुक्ता पूँजी पु-याउनु पर्नेछ। यस्ता कम्पनीले चुक्ता पूँजी दोब्बर नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद मुनाफाबाट कम्तीमा २० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गर्नुपर्ने र चुक्ता पूँजी दोब्बर भएपछिको आर्थिक वर्षदेखि खुद मुनाफाको कम्तीमा १० प्रतिशत रकम थप्दै जानुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो कम्पनीले व्यवसाय सञ्चालनका क्रममा कम्तीमा १० करोड रुपैयाँ बराबरको खुद सम्पत्ति ९ल्भत ध्यचतज० कायम गर्नु पर्ने यसअघिको व्यवस्था भने खारेज गरिएको छ । साथै, हायर पर्चेज कर्जा दिने कम्पनीको उपस्थिति बढी भएको क्षेत्रमा थप कम्पनी स्थापनाका लागि नयाँ निवेदन आएमा सो अस्वीकार गर्न सकिने व्यवस्था थप गरिएको छ ।

यस्ता छन् हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने व्यवस्थामा दोस्रो संशोधनका मुख्य विषयहरुः

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको बुलेटिनबाट
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]