Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

४० अर्ब रुपैयाँ बराबरको १ सय दरका नोट छाप्न राष्ट्र बैंकद्धारा बोलपत्र आह्वान

२०७५ माघ १६ गते

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ अंकित दरका ४० करोड थान नोट छाप्न पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकले कात्तिक २९ गते प्रकाशित गरेको बोलपत्रमा कुनै आवेदन नपरेपछि फेरि बोलपत्र आह्वान गरेको हो ।

राष्ट्र बैंकले आवहान गरेको बोलपत्र अनुसार १ सय दरका ४० करोड थान नोट छाप्नु पर्ने छ । जुन ४० अर्ब रुपैयाँबराबर हुन्छ । अन्तर्राष्ट्रिय रुपमा स्थापित कम्पनी बोलपत्र प्रक्रिया सहभागी हुन सक्ने छन् । बोलपत्रमा परेको आवेदनका आधारमा योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने हुन्छ । 

राष्ट्र बैंकले उल्लेख गरे अनुसार इच्छुक कम्पनीले फागुन ९ भित्र २० हाजर रुपैयाँ दस्तुर बुझाई बोलपत्र खरिद गरिसक्नुपर्ने छ । राष्ट्र बैंकले थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा बोलपत्र पेस गर्ने कम्पनीका प्रतिनिधिको उपस्थितिमा बोलपत्र खोलिने छ ।

बोलपत्र खोलिएको १ सय २० दिनसम्ममा नोट प्रिन्ट हुनु पर्ने छ । त्यसका लागि कम्पनीले ३ करोड १० लाख रुपैयाँ वा सो सरहको विनिमय दरअनुुसारको रकम जम्मा गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकका अनुसार यस्तो म्याद २०७६ जेठ १४ सम्म रहने छ । 

Ad