बैंकिङ खबर । नेपाल बैक र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरे ।
नेपाल बैकका ग्राहक तथा अन्य सम्वद्ध पक्षहरुलाई सिटिजन लाईफले सम्वद्ध पक्षद्वारा स्वीकृत निश्चित शर्तको अधिनमा रही जीवन वीमा प्रलेख उपलव्ध गराउने छ ।


