January 30th, 2019

को हुन रोबर्ट ओवेन ? कसरी बने सहकारी आन्दोलनका पिता


बैंकिङ खबर। बेलायतका रोबर्ट ओवेनलाई सहकारी आन्दोलनका पिता भनिन्छ । तर आधुनिक बचत तथा ऋण सहकारीका पिता भने जर्मनीका रेफेइसन हुन् । रोबर्ट आवेन कपास व्यापारी थिए र उनले आफ्नो व्यापारमा संलग्न कर्मचारीहरु र तीनका बालबच्चाहरुलाई शिक्षा सहितको राम्रो वातावरण दिनुपर्ने विचार अघि सारे र त्यसै अनुरुप न्यू लनार्क स्कटल्याण्डको कटन मिलमा संसारकै पहिलो कोअपरेटिभ स्टोर खोले । पछि विलियम किङले पनि रोबर्ट ओवेनको विचारलाई निरन्तरता दिई सहकारीमा विभिन्न नियमहरु बसाले । 

सन् १८४४ मा बेलायतमा रोच्डेल गाउँमा रोचडेल सोसाइटी इक्वाइटेबल पाइओनियरर्स नामक सहकारी संस्था स्थापना भयो । यसले रोच्डाल प्रिन्सिपल निर्माण गरी सहकारी आन्दोलनलाई स्थापित ग-यो । त्यसै गरी जर्मनीमा रेफेइसनले बचत तथा ऋण सहकारी संस्था स्थापना गरी ग्रामिण जनतालाई शोषणबाट मुक्त गराए । उनलाई आजसम्म पनि विश्वभर बचत तथा ऋण सहकारी संस्थाका पिता भनिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]