January 30th, 2019

तीन सय ठुला सहकारीको कारोबार १० ठुला मुलुकको भन्दा बढी – यस्तो छ इतिहास  


बैंकिङ खबर। मानव सभ्यताको शुरुवात सँगै समूहमा बस्ने, सामूहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारीताको भावना प्रकट भएको पाईन्छ । विवाह, ब्रतवन्ध, काजक्रिया आदि धार्मिक कार्य सम्पन्न गर्न समाजका सवै सदस्यहरु सम्मिलित भई सहकार्य गर्ने परम्परा अझै कायम रहिआएको छ । सहकारीताको शुरुवात फ्रान्स, बेलायत, जर्मनी आदि देशबाट शुरु भएको पाईन्छ । सन् १४९८ मा बेलायतको एबर्दिनमा स्थापना भएको दि शोर पोर्टर्स सोसाइटी नामक संस्थालाई विश्वको पहिलो सहकारी संस्थाको रुपमा लिइएको पाईन्छ । 
सहकारीको विकाश सँगै बेलायतमा सन् १८३२ मा स्थापित लकहस्र्ट लेन इन्डष्ट्रियल कोअपरेटिभ सोसाइटी र १८३९ मा स्थापित ग्यालासिल्स एण्ड हावीक कोअपरेटिभ सोसाइटी अहिले सम्मपनि सञ्चालनमा छन् । अहिले यी दुवै सहकारीको नाम परिवर्तन भएको छ । लकहस्र्ट लेन इन्डष्ट्रियल कोअपरेटिभ सोसाइटीको नाम हर्ट अफ इंग्लेण्ड कोअपरेटिभ सोसाइटी र ग्यालासिल्स एण्ड हावीक कोअपरेटिभ सोसाइटीको नाम लोथिएन बोडर्स एण्ड आर्गस कोअपरेटिभ सोसाइटी रहेको छ ।  

आधुनिक सहकारी र विश्व अर्थतन्त्र 
सन् १८४४ मा बेलायतको रोचडेल गाउँबाट शुरु भएको आधुनिक सहकारीको इतिहासले १ सय ७५ वर्ष पुरा गरिसेको छ । पछिल्लो समय पूँजीवादी र समाजवादी सिद्धान्त अंगाल्ने देशहरुले सहकारी पद्धतिलाई आर्थिक विकासको प्रमुख माध्यमको रुपमा अपनाएका छन् । क्ष्ऋब् को एक तथ्यांक अनुसार विश्वको ८४ भन्दा बढी देशहरुमा सहकारीको अवधारण विस्तार भइसकेको छ । सहकारीमा १० करोड भन्दा बढी मानिसहरुले रोजगारी पाएका छन् । आइसीएको तथ्याङक अनुसार विश्वमा १ अर्ब भन्दा बढी मानिसहरु सहकारीमा आवद्ध भएका छन् । चीन र भारतमा मात्रै ५० करोड मानिसहरु सहकारीमा आवद्ध भएका छन् । 

विश्वका ३ सय ठुला सहकारीको कारोवार विश्वका १० ठला राष्ट्रिय अर्थतन्त्र भएका मुलुकको भन्दा बढि रहेको छ । अमेरिकी अर्थतन्त्रमा सहकारीको वार्षिक बिक्री ६ सय ५२ विलियन र सम्पत्ति आर्जन ३ ट्रिलियन अमेरिकी डलर भन्दा बढी रहेको पाइन्छ । अमेरिकाको ७ हजार ५ सय क्रेडिट यनियनहरुले करिब १० करोड अमेरिकीहरुलाई वित्तीय सेवा पु¥याएका छन् । इन्डोनेशियामा २ लाख ८९ हजार र केन्यामा २ लाख ५० हजारले सहकारीबाट रोजगारी पाएका छन् । 

पोल्याण्डमा कुल दुग्ध उत्पादनको ७५ प्रतिशत दुग्ध सहकारीले उत्पादन गरेको छ । इजरायलमा पनि सहकारीको विकास राम्रो छ । जर्मनी सहकारीकै कारण विश्वका सम्पन्न ८ राष्ट्रमा (जी–८) मा पुग्न सफल भएको छ । डेनमार्कमा कृषि सहकारी अत्यन्त राम्रो देखिन्छ । 

संसारका विभिन्न देशहरुमा दुध तथा दुग्ध पदार्थको उत्पादन, पशुपालन व्यवसाय, अन्नबाली उत्पादन तथा व्यापारमा सहकारीको योगदान उल्लेख्य देखिन्छ । संयक्त राष्ट्र संघले २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेबाट पनि विश्व अर्थतन्त्रमा सहकारीको महत्व बढदै गएको हो । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]