Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

क्यान मेलामा सामान खरिद गर्दै हुनुहुन्छ भने प्रभु इन्स्योरेन्सको निशुल्क बीमा नछुटाउनुहोला 

२०७५ माघ १५ गते

बैंकिङ खबर । काठमाडौंको भृकुटीमण्डपमा सुविसु क्यान इन्फोटेक २०१९ माघ १५ गतेबाट सुरु भएको छ । सो मेला माघ २० गतेसम्म रहने छ । उक्त मेलाको अफिसियल सपोर्टको रुपमा रहेको प्रभु इन्स्योरेन्सबाट क्यान मेलामा अवलोकनको लागी आएका अवलोकनकर्ताहरुले सामान खरिद गर्दा १ लाख रुपैयाँ सम्मको निशुल्क बीमा सेवा पाउने भएका छन् । 

मेला अवधिभर अवलोकन गर्न आउने अवलोकनकर्ताले ५ हजार रुपैयाँ वा सो भन्दा माथिको सामान खरिद गर्दा मेलामा नै स्टल संचालन गरिरहेको प्रभु इन्स्योरेन्सको स्टलबाट १ बर्ष सम्मको १ लाख रुपैया बराबरको एउटा मात्र दुर्घटनाको निःशुल्क बीमाको ब्यवस्था प्रभु इन्स्योरेन्सले गरेको छ । इन्स्योरेन्सले दिएको जानकारी अनुसार यो योजना क्यान मेला अवधिभरका लागी मात्र खुल्ला रहने छ ।
 

Ad