Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मेगा बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता 

२०७५ माघ १५ गते

बैंकिङ खबर ।  मेगा बैंक नेपाल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको तर्फबाट बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र इन्स्योरेन्सको तर्फबाट कायममुकाम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे

सम्झौतापछि मेगा बैंकका ग्राहाकहरुले सन नेपाल लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलीसीहरु खरिद गर्न सक्नेछन् । मेगा बैंकका ग्राहकहरुले देशभरका १ सय २ शाखाबाट जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।