Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले सोमबार दुई अर्बको ट्रेजरी बिल विक्री गर्ने

२०७५ माघ १४ गते

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । ट्रेजरी बिलमा सोमबार दिउसो २ बजे सम्म बोलकबोल मार्फत सहभागी हुन सकिने राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिल मंगलबार देखि जारी हुने छ । ९१ दिन अवधिको लागि जारी गरिएको बिल आगामी बैसाख १७ गते परिपक्व हुने छ । 

राष्ट्र बैंकले प्रस्तावित कुल रकमको १५ प्रतिशत बिल अप्रतिष्पर्धात्मक बोलकबोलमार्फ विक्री गर्ने जनाएको छ । ट्रेजरी बिलमा इच्छुकले https://obss.nrb.org.np/pd/ मा गएर बोलपत्र पेश गर्न सक्नेछन् । यस अघिपनि राष्ट्र बैंकले माघ ७ गते ९१ दिने अवधिको ५ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको थियो । 

Ad