Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्यान नम्बरमा भएको टिप्पणीको पछि नलाग्न धितोपत्र वोर्डको आग्रह 

२०७५ माघ १४ गते


बैंकिङ खबर। नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान)का विषयमा भएका नकारातमक टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लगानीकर्तालाई स्थायी लेखा नम्बरको दायरामा अनिवार्य ल्याउने विषयमा नकारात्मक टिपाटिप्पणी हुन थालेपछि वोर्डले लगानीकर्तालाई अनावस्यक हल्लाको पछि लागेर लगानीमा जोखिम नलिन आग्रह गरेको छ ।  

बोर्डले सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयन कार्ययोजनामा उल्लेख भए अनुसार दोस्रो बजारमा सेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था कार्यान्वयन गर्न अर्थमन्त्रालयबाट बोर्डलाई निर्देशन भएको वोर्डले जनाएको छ । 

नेपाल सरकार, अर्थ मन्त्रालयबाट बोर्डलाई निर्देशन प्राप्त भएकोमा यसको संवेदनशीलतालाई दृष्टिगत गरी प्रणालीगत तथा अन्य पूर्व तयारीका लागि नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गलाई लेखी पठाइएको थियो । स्थायी लेखा नम्बर सम्बन्धमा सरोकारवाला र बजारका सम्बद्ध पक्षहरुलाई समेत यस सम्बन्धमा छलफल गराई पूर्वाधारको तैयारीको आधारमा प्यानलाई कार्यान्वयनमा ल्याउनु पर्छ भन्नेमा बोर्ड सजग रहेको विज्ञप्तिमा उल्लेख छ । 

यस सम्बन्धमा बजारको पूर्वाधार, लगानीकर्ताहरुको वित्तीय साक्षरताको अवस्था आदिलाई दृष्टिगत गरी लगानीकर्ताहरुबाट उठाइएका विषयलाई स्थायी लेखा नम्बर लागू गर्ने अधिकारीको रुपमा रहेको आन्तरिक राजस्व विभाग समक्ष यथार्थ स्थितिको जानकारी गराइने बोर्डले जनाएको छ ।
 

Ad