बैंकिङ खबर। ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ मूल नारासहित बुटवलमा आजदेखि बैंकिङ/बीमा/पूँजीबजार एक्सपो हुने भएको छ । वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले दिएको जानकारी अनुसार गभर्नर चिरंजीबि नेपालले बिहान ११ बजे एक्सपोको उद्घाटन गर्ने छ । त्यस्तै बिहान १०.३० बजे ट्राफिकचोक देखि एक्सपो आयोजना स्थल कालिकानगरको कालिका मावि सम्म -यालीको आयोजना गरिएको छ । -यालीमा विभिन्न बैंक तथा वित्तीय संस्था, विकास बैंक, बीमा कम्पनी, माइक्रोफाइनान्स, सेयर ब्रोकर लगायतको उपस्थिति रहने छ ।
दुईदिन सम्म सञ्चालन हुने एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड लगायत विभिन्न बैंक, बीमा कम्पनी, विकास बैंक, वित्त कम्पनी, लघुवित्त, मर्चेन्ट बैंक, धितोपत्र ब्रोकर कम्पनी, युवा स्वरोजगार कोष लगायतको सहभागिता रहने छ ।
वित्तीय सचेतना तथा बैंक र सर्वसाधारणबीचको सम्बन्ध, बीमाको पहुँच र पूँजी बजारमा लगानीको अवसर देखाउने र उद्यमशीलताको विकास गर्न एक्सपो फलदायी हुने विश्वास आयोजकले गरेको छ ।
एक्सपोमा गभर्नर डा. चिरंजीबि नेपाल, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल धितोपत्र वोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की लगायतको सहभागिता रहने छ ।